एनएसएलमा आज वीरगञ्ज र चितवन खेल्दै

चितवन, १५ मंसिर : नेपाल सुपर लिग (एनएसएल) मा आज शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र एफसी चितवन खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । चितवनले आज तेस्रो र वीरगञ्जले दोस्रो खेल खेल्न लागेका हुन् ।

चितवन पहिलो खेल पोखरा थन्डर्ससँग पराजित हुँदा दोस्रो खेलमा काठमाण्डौसँग एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । वीरगञ्ज पहिलो खेलमा धनगढीसँग दुई–एक गोलले पराजित भएको थियो । दोस्रो संस्करणको एनएसएल प्रतियोगितामा नाै वटा टोली सहभागी छन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा