अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको अन्त्येष्टि, आन्दोलन र प्रदर्शनहरु जारी राख्ने  

काठमाडौं, २८ जेठ :

केही दिनअघि प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको टेक्सासस्थित ह्युस्टन शहरमा अन्तिम संस्कार गरिएको छ ।

उनकै गृहनगरमा गरिएको अन्तिम संस्कारमा सहभागीहरुले नश्लिय हिंसाविरुद्ध एकजुट हुनुपर्ने आवाज उठाएका छन् । सहभागीहरुले फ्लोइडले न्याय नपाएसम्म आन्दोलन र प्रदर्शनहरु जारी राख्ने बताएका छन् । सहभागीहरुले फ्लोइडको हत्याले अमेरिकामा रहेको नश्लिय विभेदको चरम नमूना रहेको प्रतिक्रिया दिएका छन् । श्रद्धाञ्जली सभामा पूर्व अमेरिकी उपराष्ट्रपति जो वाइडेनले पीडितले न्याय पाउने बताएका छन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन फ्लोइड हत्या प्रकरणमा उदासिन रहेको आरोपसमेत लगाए । गत मे २५ मा निनियापोलिस शहरमा प्रहरीले नियन्त्रणमा लिने क्रममा घुँडाले फ्लोइडको घाँटीमा नौ मिनेट थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।

घटना लगत्तै उक्त प्रकरणमा सहभागी प्रहरीलाई बर्खास्त गरि कारवाही प्रक्रियाअघि बढाइएको अधिकारीहरुले जनाएका छन् । तर अमेरिका लगायत विश्वभर जातीय हिंसार विभेदविरुद्ध प्रदर्शनहरु जारी रहेका छन् । (एजेन्सी)

संबन्धित शिर्षकहरु

त्रिविका ३८ वटा क्याम्पसमा मात्रै स्ववियु चुनाव सम्पन्न

१९ वर्षमुनिको साफ च्याम्पियनशिपको खेलतालिका सार्वजनिक

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा