राष्ट्रिय सभा सदस्य उम्मेदवारको आज नामावली प्रकाशन हुँदै

काठमाडौँ, २६ पौष : राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ । मनोनयन दर्ता गराएका उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरेपछि निर्वाचन आयोगले बिहीबार दिउँसो नामावली प्रकाशन गर्ने आयोगको तालिका रहेको छ ।

आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरेपछि आज नामावली प्रकाशन हुन लागेको हो । गत सोमबार राष्ट्रिय सभाका १९ सिटका लागि सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा नाम फिर्ता लिन चाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन् ।

त्यसपछि शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ