भरतपुर, १ फागुन :
रेडियो त्रिवेणीले आयोजना गरेको मेट्स ईन्टरनेशनल ईन्टर मिडिया क्वीज कन्टेष्टमा रेडियो साहिनो चनौली प्रथम भएको छ ।
यसैगरी रेडियो वाल्मिकी माडी द्धितिय र माडीकै रेडियो माडी तृतिय हुन सफल भएका छन् । कार्यक्रममा विजयीहरुलाई नगद, शिल्ड र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । विश्व रेडियो दिवसको अवसर पारेर त्रिवेणीले कार्यक्रम आयोजना गरेको हो ।
रेडियो त्रिवेणीका अध्यक्ष तेज नारायण खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुल ११ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै वागमती प्रदेशका मुख्य मन्त्रीका प्रमुख राजनितिक सल्लाहकार जगन्नाथ थपलियाले समाजमा सकारात्मक परिवर्तन ल्याउँन रेडियो त्रिवेणीले खेलेको भुमिकाको प्रशंशा गर्नुभयो । साथै उहाँले वर्तमान अवस्थामा संचारकर्मीहरु बिच आपसी सम्बन्ध सुमधुर बनाउँन कार्यक्रम सफल भएको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष खरेलले आगामी दिनमा समेत त्रिवेणी समाजिक कार्यमा अग्रसर रहने बताउँनु भयो । यस्तै रेडियो त्रिवेणीका प्रबन्ध निर्देशक सुदिप सिंह अधिकारीले कार्यक्रममा विजयी हुने प्रतियोगीहरुलाई बधाई दिँदै कार्यक्रमको गरिमा बढाउन उपस्थित हुने सम्पुर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
नवौं विश्व रेडियो दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंंघ जिल्ला शाखा चितवनका सचिव तीर्थ नेपाल, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक नहेन्द्र खड्का, मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिजा सभिर्सेज नारायणगढका क्षेत्रिय प्रबन्धक प्रकाश पौडेल, सेन्ट्रल कलेज नारायणगढका प्रबन्ध निर्देशक वाई.बि पौडेल, वेष्ट पिटिई सेन्टर भरतपुरका प्रबन्ध निर्देशक सलिन सुबेदी,रेडियो त्रिवेणीका सञ्चालक सदस्य अर्जुन अधिकारी ,रेडियो त्रिवेणीका स्टेशन म्यानेजर मुकुन्द भुसाल लगाएतले बोल्नु भएको थियो ।
रेडियो त्रिवेणी १००.६ मेगाहर्जका समाचार प्रमुख हेमराज रिमालले सहजिकरण गर्नुभएको कार्यक्रमको टाईटल प्रायोजन मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिजा सभिर्सेज नारायणगढले गरेको थियो भने प्रयोजकहरुमा सेन्ट्रल कलेज नारायणगढ, वेष्ट पिटिई सेन्टर भरतपुर र नेपाल लोक सेवा तयारी केन्द्र रिजाल चोक रहेका थिए भने सहयोगी संस्थाहरमा बालकुमारी कलेज नारायणगढ, हिमालय आधारभुत विद्यालय जागृति चोक, आभास टिभि एचडि र चितवनपाटी डटकम रहेका थिए । सोही अवसरमा रेडियोमा कार्यरत वरिष्ठ समाचार वाचक प्रतिमा तामाङ र कार्यक्रम प्रस्तोता तथा लोक गाएक टिकाराम ढकाललाई सम्मान गरिएको थियो ।