सरकारको गतिमा परिवर्तन ल्याउन गठबन्धन बदल्नु पर्‍यो : प्रधानमन्त्री दाहाल

प्रम दाहाल काठमाडौँ, २४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायत मन्त्रालयका सचिव, मन्त्रालयसँग सम्बन्धित अन्य मन्त्रालयका प्रतिनिधिलाई वैदेशिक रोजगारीमा देखिएका समस्याका समाधान गर्न निर्देशन दिनुहुँदै। तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, ४ चैत्र : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपपन्थी शक्ति एकजुट भइ सहकार्य गर्न नयाँ समीकरण बनाइएको बताउनु भएको छ । आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले काँग्रेसबाट पटकपटक धोका भएको भन्दै भोलिका दिनमा पनि यस्तै हुने देखिएको बताउनुभयो ।

नेपाली काँग्रेस गठबन्धनप्रति इमान्दार नहुने परिस्थिति देखिएकाले नयाँ गठबन्धन गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण तथा वामपन्थी आन्दोलनको रक्षा गर्नु भएको बताउनुभयो । कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धार बलियो बन्दै जाने भएकाले त्यसलाई चिर्न नयाँ गठबन्धन बनाएको उहाँले बताउनुभयो । साथै प्रधानमन्त्री दाहालले यतिबेला देशको राजनीति सही बाटोमा आएको पनि दाबी गर्नुभयो ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ