टर्कीको मेयरको चुनावमा विपक्षीको जित

काठमाडौं, १९ चैत्र : टर्कीको स्थानीय चुनावमा विपक्षी दलले जित हासिल गरेको छ । यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको बीबीसीले जनाएको छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उहाँको पार्टी एकेको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका खबरमा उल्लेख छ ।

राष्ट्रपति चुनाव जितेर एर्दोगान राजनीतिक नेतृत्वमा पनि आफ्नो प्रभुत्व कायम गर्ने तयारीमा हुनुहुन्थ्यो । तर स्थानीय चुनावमा उहाँको पार्टीका उम्मेदवारको पराजयले उहाँलाई झट्का लागेको छ । एर्दोगान आफैंले इस्तानबुलमा प्रचार गरेपनि धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एक्रेम इमामोग्लुले चुनाव जित्नुभएको छ ।

एर्दोगानले इस्तानबुलको मेयर भएर त्यहीँबाट आफ्नो राजनीतिक यात्रालाई उचाइमा पुर्‍याउनुभएको थियो । यसपटक विपक्षी दलले प्रमुख सहर इस्तानबुल र अंकारासहित १५ वटा सहरको मेयरको चुनाव जितेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा