टर्कीको मेयरको चुनावमा विपक्षीको जित

काठमाडौं, १९ चैत्र : टर्कीको स्थानीय चुनावमा विपक्षी दलले जित हासिल गरेको छ । यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको बीबीसीले जनाएको छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उहाँको पार्टी एकेको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका खबरमा उल्लेख छ ।

राष्ट्रपति चुनाव जितेर एर्दोगान राजनीतिक नेतृत्वमा पनि आफ्नो प्रभुत्व कायम गर्ने तयारीमा हुनुहुन्थ्यो । तर स्थानीय चुनावमा उहाँको पार्टीका उम्मेदवारको पराजयले उहाँलाई झट्का लागेको छ । एर्दोगान आफैंले इस्तानबुलमा प्रचार गरेपनि धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एक्रेम इमामोग्लुले चुनाव जित्नुभएको छ ।

एर्दोगानले इस्तानबुलको मेयर भएर त्यहीँबाट आफ्नो राजनीतिक यात्रालाई उचाइमा पुर्‍याउनुभएको थियो । यसपटक विपक्षी दलले प्रमुख सहर इस्तानबुल र अंकारासहित १५ वटा सहरको मेयरको चुनाव जितेको छ ।

संबन्धित शिर्षकहरु

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ

कङ्गोमा इबोलाबाट ४ हजार ८८७ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो