लियाे क्लब अफ भरतपुरकाे अध्यक्षमा कार्की निर्वाचित

प्रतिमा तामाङ, चितवन, २३ चैत्र : चितवन-लियाे क्लब अफ भरतपुरकाे अध्यक्षमा विनय कार्की निर्वाचित हुनुभएकाे छ। क्लबका चार्टर्ड अध्यक्ष अनुजराज पन्त प्रमुख अतिथी रहनुभएकाे २३ओैं बार्षिक साधारण सभाले प्रथम उपाध्यक्षमा संगिता श्रेष्ठ ,द्वितीय उपाध्यक्ष सुदृष्ठी शर्मा,तृतिय उपाध्यक्ष प्रशन्न अर्याल,सचिवमा रविना रानाभाट,सह -सचिव अस्मिना लामिछाने,ट्रेजर मुकुन्द न्याैपाने,सह ट्रेजर प्रियङ्का राय,क्लब डाइरेक्टर आर सि पन्त र पुजा न्याैपाने,पब्लिक रिलेसन अफिसर सर्बु भण्डारी,ट्यामर बिश्वास घिमिरे,टेल ट्विस्टर आकृति पाठक निर्वाचित हुनुभएकाे छ।


विशिष्ट अतिथीमा पुर्व अध्यक्षहरु राजेन्द्र श्रेष्ठ, सन्ताेष मजाकाेटी,बिकास कार्की,सुदिप सिग्देल,राजेश मिश्र रहनुभएकाे थियाे।आइ पि पि शिला न्याैपानेकाे अध्यक्षतामा अधिवेशन सम्पन्न भएकाे छ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी