पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

काठमाडौं, २९ चैत्र : पेरिस ओलम्पिकको टिकट किन्न चाहनेले नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बताएका छन् ।

अप्रिल १७ देखि सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि नयाँ टिकट विक्री गर्न राख्ने उनको भनाई छ । यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उनले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताए । खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने छ ।

पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक हुनेछ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने