आईपीएल क्रिकेटमा आज पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दै

काठमाडौं, ६ बैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल पञ्जाबको घरेलु मैदान मुल्लानपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।

पञ्जाब र मुम्बईले यो सिजन समान ६ खेल खेलेकोमा समान दुई खेल जितेका छन् । समान ४ अङ्क रहेकोमा पञ्जाब तालिकाको आठौँ र मुम्बई नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ६ विकेटले हरायो ।

जितसँगै ७ खेलमा ६ अङ्क रहेको दिल्ली तालिकाको छैटौँ र समान खेलमा समान ६ अङ्क नै रहेको गुजरात सातौँ स्थानमा छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने