राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य र महालेखा परीक्षकमा तोयम राया नियुक्त

काठमाडौं, ६ बैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार उहाँले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यस्तै राष्ट्रपति पौडेलले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्नुभएको छ ।

संसदीय सुनुवाई समितिले रायाको नाम सर्वसम्मतीले पारित गरेपछि सरकारले रायालाई महालेखापरीक्षकमा नियुक्त गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो ।

संबन्धित शिर्षकहरु

सुनको भाउ तोलामा एक लाख ७० हजार रुपैयाँ नाघ्याे

हमासले बन्धक रिहा नगरे युद्धविराम रद्ध गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

आपत्कालीन कोषमा योगदान गरेकोमा डब्ल्यूएचओबाट नेपाललाई धन्यवाद ज्ञापन