आईपीएलमा आज राजस्थान र मुम्बई खेल्दै

काठमाडौं, १० बैशाख : इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान सात खेलमा छ जित र एक हारसहित १२ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । मुम्बईले अहिलेसम्म सात खेलमा तीन खेल जितेको छ भने चार खेलमा हार व्यहोरेर छ अङ्कसहित सातौँ स्थानमा रहेको छ । राजस्थान यस सिजनमासन्जु सामसनको कप्तानीमा खेलिरहेको छ ।

राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने सन् २०२२ को उपविजेता टिम हो । त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने