युरोपा लिगको उपाधिका लागि लेभरकुजेन र एटलान्टा खेल्ने

काठमाडौं, २८ बैशाख : यूईएफए युरोपा लिग फुटबलको उपाधिका लागि जर्मन क्लब लेभरकुजेन र इटालियन क्लब एटलान्टा खेल्ने भएका छन् । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा लेभरकुजेनले इटालियन क्लब रोमासँग दुई/दुई गोलको बराबरी खेल्यो । समग्रमा ४–२ गोलसहित लेभरकुजेन फाइनलमा पुगेको हो । पहिलो लेगमा लेभरकुजेन २–० गोलले विजयी भएको थियो ।

लेभरकुजेन युरोपमा ४९ खेलसम्म अपराजित रहने पहिलो टोली पनि बनेको छ । उसले पोर्चुगिज क्लब बेन्फिकाको नाममा रहेको ४८ खेलको अपराजित कीर्तिमान तोडेको छ ।

अर्को खेलमा फ्रेन्च क्लब मार्सेलीलाई हराउँदै एटलान्टा फाइनलमा पुग्यो । सेमिफाइनलको दोस्रो लेगमा मार्सेली ३–० ले पराजित भयो । एटलान्टा समग्रमा ४–१ ले विजयी भयो । पहिलो लेग एक/एक गोलको बराबरीमा सकिएको थियो । फाइनल खेल मे २३ तारिखमा हुनेछ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने