म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं, ३० बैशाख : म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । हिजो भएको पहिलो खेलमा फुलहमलाई ४–० को फराकिलो अन्तरले हराउँदै साविक विजेता सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीका जोस्को ग्वार्डीओलले दुई तथा फिल फोडेन र जुलियन अल्भारेजले एक–एक गोल गरे । जितसँगै सिटीको ३६ खेलमा ८५ अङ्क भएको छ । लिगमा बाँकी दुई खेलमा जित हासिल गरे सिटीले उपाधि जित्नेछ । दोस्रो स्थानमा रहेको आर्सनलले कुनै एक खेलमा हार बेहोरेको अवस्थामा भने सिटीले एक जित पछि नै लिग उपाधि उचाल्नेछ ।

दोस्रो स्थानमा रहेको आर्सनलको ८३ अङ्क छ । अरू खेलमा एभर्टनले शेफिल्ड युनाइटेडलाई, वेस्टह्यामले लुटन टाउनलाई, ब्रेनफोर्डले बर्नमाउथलाई, क्रिष्टल प्यालेसले उल्भ्सलाई, टोटनहमले बर्नलीलाई र चेल्सीले नटिङघम फरेस्टलाई हराएको छ । न्युक्यासल र ब्राइटनले एक–एक गोलको बराबरी खेलेका छन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने