साउदी प्रो लिगको उपाधि अल हिलाललाई

काठमाडौं, ३० बैशाख : साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले हराउँदै यो सिजनको उपाधि जितेको हो । अल हिलालको यो १९ औँ लिग उपाधि हो ।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथो सेर्गेज मिलिन्कोभिकले एक गोल गरे । उसले एक गोल उपहार पायो । अल हाजमका फैज सेलेमानीले एक गोल फर्काए । अल हिलाल यो सिजन अपराजित रहँदै ३१ खेलमा ८९ अङ्क जोडेको छ ।

उपाधि जितेको अल हिलालले लिगमा तीन खेल खेल्न बाँकी छ । दोस्रो स्थानमा रहेको अल नासर ३१ खेलमा ७७ अङ्क छ । अल नासर शीर्ष स्थानको अल हिलालभन्दा १२ अङ्कले पछि छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने