चितवनको दद्रेनी खोला पुल नजिक स्कुल बसमा आगजनी

चितवन, , ३० बैशाख : भरतपुर महानगरपालिका २० दद्रेनी खोला पुलमा नचिनेका मानिसको समूहले स्कुल बसमा आगजनी गरेको छ । विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बाग्मती प्रदेश ०६–००१ क ००४५ नम्बरको बसमा छ जनाको समूहले आगजनी गरेर भागेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

आगजनीबाट बस जलेर पूर्ण रूपमा क्षति भएको छ । बस जलाउने व्यक्तिहरूको पहिचान गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । बसमा लागेको आगो स्थानीय र प्रहरी मिलेर निभाएका थिए ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन