आईपीएल क्रिकेटमा आज चेन्नई र राजस्थान तथा बेंगलुरु र दिल्ली खेल्दै

काठमाडौं, ३० बैशाख : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्दैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे चेन्नई र राजस्थान खेल्नेछन् ।

यो खेल चेन्नईमा हुनेछ । चेन्नईलाई प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । उसको १२ खेलमा १२ अङ्क छ । चेन्नई तालिकाको चौथो स्थानमा छ । राजस्थान ११ खेलमा १६ अङ्कका साथ दोस्रो स्थानमा छ । आजको दोस्रो खेलमा बेंगलुरु र दिल्ली नेपाली समयअनुसार राति पौने ८ बजे बेंगलुरुमा खेल्नेछन् ।

यी दुई टोलीलाई प्लेअफमा पुग्न आजको खेल जित्नुपर्ने अवस्था छ । बेंगलुरु १२ खेलमा १० अङ्कका साथ तालिकाको सातौ र दिल्ली समान १२ खेलमा १२ अङ्कका साथ पाँचौ स्थानमा छ । गएराति भएको खेलमा मुम्बईलाई हराउँदै कोलकाता प्लेअफमा पुगेको छ । यो सिजनको आईपीएलमा प्लेअफमा पुग्ने कोलकता पहिलो टोली बनेको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने