काठमाडौं, १ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । लगातारको वर्षाका कारण टस पनि नभई गएरातिको खेल रद्द भएको हो ।
एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अङ्क बाँडेका छन् । यो सँगै गुजरात शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना नरहेपछि प्रतियोगिताबाट बाहिरिएको छ । गुजरातले १३ खेलमा ५ मा जित र ७ मा हार बेहोरेर ११ अङ्क जोडेको थियो । कोलकाता भने प्लेअफ पुग्ने पक्का भएको छ ।
१३ खेलमा १९ अङ्क भएको कोलकाता तालिकाको शीर्ष स्थानमा छ । आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् ।




