क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ हुँदै

काठमाडौं, २ जेष्ठ : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ । मंगलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । मंगलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

आज यही इजलासले मुद्दाको सुनुवाइको निरन्तरता पाउने र आजनै फैसला गर्ने तयारी रहेको छ । बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । फागुनमा उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने