आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब खेल्दै

काठमाडौं, २ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किंग्स खेल्दैछन् । गुवाहटीमा यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । राजस्थान १२ खेलमा १६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।

आजको खेल जितेमा राजस्थान प्लेअफमा पुग्नेछ । राजस्थान आईपीएल पहिलो सिजनको विजेता तथा सन् २०२२ को उपविजेता टोली हो । पञ्जाव किंग्स तालिकाको पुछारमा छ । पञ्जाबको १२ खेलमा ८ अङ्क मात्रै छ । पञ्जाब यो सिजन प्लेअफको दौडबाट बाहिरीसकेको छ ।

पञ्जाब सन् २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी