आईपीएल क्रिकेटमा आज हैदराबाद र गुजरात खेल्दै

काठमाडौं, ३ जेष्ठ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।

जारी आईपीएलमा हैदराबाद १२ खेलमा १४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । उसले यो खेल जितेमा प्लेअफमा छनाेट हुनेछ । त्यसैगरी गुजरात भने आईपीएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिसकेको छ ।

यसअघि कोलकोतासँगको खेल वर्षाका कारण रद्द भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरात १३ खेलमा ११ अङ्कसहित तालिकामा आठौँ स्थानमा छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने