सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे

काठमाडौं, ३ जेष्ठ : भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एक भिडियोमार्फत सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् । उनले आउँदो जुन ६ मा कुवेतसँगको खेलमा भारतबाट आफ्नो अन्तिम खेल खेल्नेछन् ।

४० वर्षीय सुनीलले सन् २००५ जुन १२ मा पाकिस्तानसँगको खेलमा भारतका लागि डेब्यु गरेका थिए । उनले आफ्नो पहिलो खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए । सुनील क्षेत्रीले एक सय ५० खेलमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनी सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा छन् । अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्नेमा पोर्चुगलका रोनाल्डो छन्, उनले दुई सय पाँच खेलमा एक सय २८ गोल गरेका छन् ।

यस्तै दोस्रो स्थानमा रहेका अर्जेन्टिनाका लियोनल मेसीले एक सय ८० खेलमा एक सय छ गोल गरेका छन् । सुनील क्षेत्री भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन् । सन्न्यासको घोषणा गर्दै उनले पहिलो पटक देशका लागि खेल्दै गरेको क्षणलाई अहिले पनि बिर्सन नसक्ने प्रतिक्रिया दिएका छन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने