दलित समुदायका निम्ति सदैव संघर्षरत रहनेछु: सांसद ढकाल

अमिर रामदाम, चितवन, १० जेठ : आफ्नो राजनीतिक जीवनको प्रेरणा नै दलित समुदायहरु भएकाले, दलित समुदायको हकहित संरक्षणका निम्ति सदैव आफू संघर्षरत रहने बागमति प्रदेश सभा सदस्य एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति माननीय ठाकुर प्रसाद ढकालले बताएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनको आज माडी भिलेज रिर्सोटमा भएको पद हस्तान्तरण कार्यक्रममा सांसद ढकालले सो कुरा बताएका हुन्। “पत्रकारिता गर्दा समस्या आउन सक्छ, त्यसलाई ढृदताका साथ सामना गर्ने शक्ति सम्पूर्ण दलित समुदायका पत्रकारहरूमाझ आओस्” सांसद ढकालले बताएका छन् । संघको हरेक क्रियाकलापमा आफ्नो सक्रिय सहयोग र सहभागिता रहने समेत जीकिर गरेका छन् ।

संघका निवर्तमान अध्यक्ष अमिर रामदामको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश विश्वकर्मा, माडी नगरपालिका कार्यपालिका सदस्य एवम् दलित समन्वय समिति संयोजक ऋचा सुनार, माडीका अग्रज पत्रकार सूर्य प्रसाद पाठक, दलित अधिकारकर्मी यम कुमार ल्वागुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा संघकी निवर्तमान कोषाध्यक्ष एलिना पोख्रेल प्रितीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने गमलामा पानी हालेर सांसद ढकालले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा माडी नगरपालिका वडा नं ३ का अध्यक्ष पुरण महतो, दलित अधिकारकर्मी तारा पोख्रेल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका बागमति प्रदेश सहसचिव सरोज उपरकोटी र राष्ट्रिय दलित पत्रकार संघ चितवनका संस्थापक सल्लाहकार कृष्ण बहादुर सुनारको आतिथ्यता रहेको थियो । नवनिर्वाचित अध्यक्ष श्याम वि.क लाई पद हस्तान्तरण कार्यक्रममा संघको आधिकारिक दस्तावेज सहित संघको छाप निवर्तमान अध्यक्ष अमिर रामदामले हस्तान्तरण गरेका थिए ।

नवनिर्वाचित सचिव सन्तोष विश्वकर्मालाई संघको माइनुट निवर्तमान सचिव श्याम वि.कले हस्तान्तरण थिए। त्यस्तै संघको चेक र भरपाई निवर्तमान कोषाध्यक्ष एलिना पोख्रेल प्रितीले नवनिर्वाचित कोषाध्यक्ष भाग्यश्वरी गायकलाई हस्तान्तरण गरेका थिए ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी