मकवानपुरमा गाडीकाे ठक्करबाट दुई जनाकाे ज्यान गयाे

मकवानपुर, १३ जेष्ठ : मकवानपुरमा गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुई छुट्टाछुट्टै ठाउँमा भएको घटनामा दुई जनाको ज्यान गएको हो । हेटौँडा उपमहानगरपालिका–३ मा ना १ ज ७५६० नम्बरको भ्यानले ठक्कर दिँदा हेटौँडा–१२ बनस्पति बस्ने श्यामबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै मनहरी गाउँपालिका–६ नयाँ बजारमा ट्रकको ठक्करबाट घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । ना ५ ख ७७२१ नम्बरको ट्रकले बाग्मती प्रदेश ०३–००४ प ६९७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक हेटौँडा–८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको उपचारका क्रममा चितवनमा गए राति ज्यान गएको डीएसपी भण्डारीले बताउनुभयाे ।

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन