टी–२० विश्वकपको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति

काठमाडौं, १६ जेष्ठ : आईसीसी टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति पुगेको छ । ८० माइल प्रतिघण्टाले चलेको हावाहुरी र ठूलो पानीका कारण अमेरिकाको डलासको स्टेडियममा क्षति पुगेको हो ।

डलास शहरमा तूफानको साइरन समेत बजेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार दर्शक बस्ने प्यारापिटमा पनि असर परेको छ । तर, अहिले भएको यो क्षतिले उद्घाटन खेलमा कुनै पनि असर नपर्ने आईसीसीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । खराब मौसमकै कारण अमेरिका र बङग्लादेशबीचको हिजोको अभ्यास खेल रद्द भएको छ ।

टी–२० विश्वकप आउँदो आइतवार अर्थात् जुन २ तारिखदेखि शुरु हुँदैछ । यो विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका हुन् । नेपालले जुन ४ तारिख अर्थात् मङ्गलवार आफ्नो पहिलो खेल नेदरल्यान्डसँग खेल्नेछ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने