चितवनका दुग्ध उत्पादक किसानले भुक्तानी पाएनन्

काठमाडौं, २३ जेष्ठ : चितवनका दुग्ध उत्पादक किसानले गएको कात्तिकदेखि दूधको भुक्तानी नपाएको गुनासो गरेका छन् । उनीहरूले ७० करोड रुपैयाँभन्दा बढी बक्यौता रहेको बताएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेकाअनुसार ४० हजार किसानको भुक्तानी रोकिएको छ ।

एक सय १४ वटा दुग्ध उत्पादक सहकारीमार्फत सङ्कलन गरिएको दूध खरिद गरेका डेरी उद्योगले भुक्तानी नदिएका हुन् । सुजल डेरी पोखराले कात्तिकको भुक्तानी गर्न बाँकी छ । दुग्ध विकास संस्थानको मङ्सिरयताको २२ करोड रुपैयाँ बाँकी छ भने अन्य २८ वटा डेरी उद्योगले पनि किसानलाई पैसा दिएका छैनन् ।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेकामा एक लाख ५० हजार लिटर जिल्लाबाहिर जाने गरेको छ । रासस

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी