टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्ड खेल्दै

काठमाडौं, २५ जेष्ठ : आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र अमेरिका दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन् ।

क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो । दुवै देशबीच अहिलेसम्म ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा दुवैले २–२ खेल जितेका छन् । सुपर आठमा पुग्न दुवै देशका लागि यस खेलको जित महत्त्वपूर्ण रहेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा