बाग्मती प्रदेशमा चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउने

काठमाडौं, २५ जेष्ठ : बाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयकाअनुसार आउँदो आर्थिक वर्षका लागि ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी भएको हो ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गराइसकेको बाग्मती प्रदेश सरकारले असार १ गते बजेट ल्याउन लागेको छ । प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले बताउनुभयो । आर्थिक तरलता, न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालू आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको मन्त्री थपलियाको भनाइ छ ।

बजेटमा ठूला र बृहत् प्रकृतिका योजना तथा नागरिकको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने उहाँले बताउनुभयो । उहाँका अनुसार बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ । -रासस

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन