व्यवहारमा विभेद अझैं यथावत : राष्ट्रिय सभा सदस्य सुनार

अमिर रामदाम, चितवन, २५ जेठ : नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई संविधानले नै दण्डनीय मानेको छ तर व्यवहारमा विभेद अझैं यथावत रहेको राष्ट्रिय सभा सदस्य भुवन बहादुर सुनारले बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनको आयोजनामा आज वि.पि.कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा संघको केन्द्रीय पाँचौ स्थापना दिवसको अवसरमा स्थानीय सरकारमा दलित महिलाको उपस्थिति र यसको प्रभावकारिता विषयक अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुनारले सो कुरा बताएका हुन्।

कुनै पनि बैठकको निर्णय पुस्तिका स्पष्ट रूपमा अध्ययन नगरी हचुवाको भरमा हस्ताक्षर नगर्न राष्ट्रिय सभा सदस्य सुनारले कार्यक्रममा सहभागी दलित महिला वडा सदस्यहरुलाई अनुरोध गरेका छन्। दलितका सवालमा के कस्ता ऐन नियमहरुको निर्माण भएको छ यसबारेमा दलित महिला वडा सदस्यहरू अपडेट हुन जरुरी रहेको बताएका छन्।

संघका अध्यक्ष श्याम वि.कको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष एवम् केन्द्रीय प्रतिनिधि अमिर रामदामले स्थानीय सरकारमा दलितको उपस्थिति र यसको प्रभावकारिता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।  सो कार्यपत्र उपर नेपाल सरकारका पूर्व सचिव डा.मानबहादुर वि.क, नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवम् बागमति प्रदेश अध्यक्ष खेमबहादुर दर्जी र दलित अधिकारकर्मी टुलकप्रसाद विश्वकर्माले टिप्पणी गरेका थिए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक भावेश रिमाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष एवम् मानवअधिकारवादी डा.यमबहादुर वि.क, समाजसेवी यज्ञविलास पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा संघका सहसचिव एवम् कार्यक्रम संयोजक सुरज परियारले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने व्यानर उच्चारण गरेर राष्ट्रिय सभा सदस्य सुनारले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव डा.मानबहादुर वि.कले बजेटमा दलित महिला वडा सदस्यको भूमिकाको विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा संघका बागमति प्रदेश सहसचिव सरोज उपरकोटी, बागमति प्रदेश सदस्य अशोक परियार, संघका संस्थापक उपाध्यक्ष एवम् प्रदेश प्रतिनिधि गोपाल विश्वकर्मा, संघका संस्थापक कोषाध्यक्ष एवम् केन्द्रीय प्रतिनिधि एलिना पोख्रेल प्रिती, संघका संस्थापक सल्लाहकार कृष्ण बहादुर सुनार,  माडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश बहादुर विश्वकर्मा, माडी नगरपालिका दलित समितिका संयोजक ऋचा सुनार, समता समाज नेपालका अध्यक्ष गोपाल गहतराज लगायतको आतिथ्यता रहेको थियो।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी