नेपाली विद्यार्थी लिन वाइडबडी जहाज आज चीन जाँदै

काठमाडौँ, ३ फागुन :
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा उद्दारको पर्खाइमा रहेका १ सय ८० नेपाली विद्यार्थी लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज आज दिउँसो पौने तीन बजे वुहान जाँदैछ। नेपाली विद्यार्थीलाई लिएर जहाज वुहानबाट आइतबार बिहान सवा दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

जहाजमा जानेहरूको नाम भने खुलाइएको छैन। तर, उक्त जहाज नेपाल फर्किएपछि जहाजका पाइलटसहित चालक दलका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिने भएको छ । चीनस्थित नेपाली दूतावासले पनि वुहान लगायत अन्य सहरमा रहेका नेपाली विद्यार्थी जम्मा पार्ने तयारी थालेको छ ।

हुबेई प्रान्तमा रहेका सबै विद्यार्थीलाई राजधानी वुहानमा भेला गरिनेछ । वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास मच्चाएपछि नेपाल सरकारले पनि चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउन लागेको हो । वुहानबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको दुईवटा भवन तयार पारेको छ ।

यसअघि सरकारले चीनबाट आफ्ना नागरिकलाई उद्दार गर्न ढिलाई गरेको भन्दै आलोचना भएको थियो। वुहानमा रहेका विद्यार्थीका अभिभावकले समेत सरकारलाई ताकेता गरेका थिए।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा