चितवनमा आज एकैदिन १६२ युनिट रगत संकलन

चितवन , ८ असार : बढ्दो बिरामीको संख्या र उपलब्ध हुने रगतको अनुपातमा चितवनमा रगतको अभाव भैरहेको बेला चितवनमा आज एकै दिन १६२ युनिट रगत संकलन भएको छ । बिरामीको रक्त समूह हेरि कतिपय रगत रक्त संचार केन्द्र लगायतमा नै नहुने अवस्था सिर्जना भएपछी रेडक्रस लगायतका विभिन्न संघ , संगठनको अगुवाइमा आज एकै दिन १६२ युनिट रगत संकलन भएको हो ।
आज रक्तदान गरि शसत्र प्रहरी बल,नेपाल नं ३ गढिमाई बाहिनी मुख्यालय भण्डारा द्वारा आयोजित रक्तदान कार्यक्रममा १८ युनिट रगत संकलन भएको छ ।

त्यस्तै एसोएस चिल्ड्रेन भिलेज भरतपुर द्वारा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

आजै नेपाल रेडक्रस सोसाइटी पार्वतीपुर उपशाखा द्वारा आयोजित रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको
नेपाल रेडक्रस सोसाइटी पार्वतीपुर उपशाखाले जनाएको छ । आज नै भरतपुर ११ स्थित कैलाश युथ क्लब द्वारा आयोजित रक्तदान कार्यक्रममा ४२ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष सबिन अधिकारीले बताउनु भयो ।
बिरामी लाई दैनिक आवश्यक हुने रगत धेरै र दैनिक संकलन हुने रगत कम हुने गरेकाले चितवनमा रगतको अभाव देखिएको बलर्ड डोनर्स सोसाइटीका केन्द्रिय सदस्य दिपक घिमिरे “कायस्थ”ले बताउनु भयो । पछिल्लो समय रगत दिने रक्तदाता बढेको भएपनि चितवनमा रगतको माग अत्यधिक भएकाले कुनै कुनै समुहको रगत अभाव हुने गरेको उहाँको भनाइ छ ।

संबन्धित शिर्षकहरु

आफ्नै रेकर्ड तोड्दै कामिरिता शेर्पा ३२औँ र ल्हाक्पा शेर्पा ११औँ पटक सगरमाथा शिखरमा

ट्रम्पको चेतावनीका बाबजुद स्वतन्त्र र सार्वभौम देश भएको ताइवानको घोषणा

कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा