एन्फाको आपतकालिन बैठक आज बस्दै

काठमाडौं, १ असार :

अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन बैठक आज बस्दैछ । लकडाउनका कारण लामो समयदेखि बन्द रहेको एन्फा कम्प्लेक्स, सातदोवाटोमा सामाजिक दूरी कायम गरेर बैठकको तयारी गरिएको छ ।

स्रोतका अनुसार आजको बैठकका लागि चार वटा मुख्य एजेन्डा रहेको छ । बैठकमार्फत टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा फर्काउन खोजिएको छ ।

यस्तै कोरोनाका कारण उत्पन्न परिस्थितीमा एन्फाले दिन सक्ने सहयोगका विषयमा पनि निर्णय हुनेछ ।

यसैगरी एन्फाको विरोध गरिरहेका जिल्ला फुटबल संघहरुमाथिको कारवाहीको विषयमा पनि एन्फा बैठकमा छलफल हुने बुझिएको छ ।

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने