एन्फाको आपतकालिन बैठक आज बस्दै

काठमाडौं, १ असार :

अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन बैठक आज बस्दैछ । लकडाउनका कारण लामो समयदेखि बन्द रहेको एन्फा कम्प्लेक्स, सातदोवाटोमा सामाजिक दूरी कायम गरेर बैठकको तयारी गरिएको छ ।

स्रोतका अनुसार आजको बैठकका लागि चार वटा मुख्य एजेन्डा रहेको छ । बैठकमार्फत टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा फर्काउन खोजिएको छ ।

यस्तै कोरोनाका कारण उत्पन्न परिस्थितीमा एन्फाले दिन सक्ने सहयोगका विषयमा पनि निर्णय हुनेछ ।

यसैगरी एन्फाको विरोध गरिरहेका जिल्ला फुटबल संघहरुमाथिको कारवाहीको विषयमा पनि एन्फा बैठकमा छलफल हुने बुझिएको छ ।

संबन्धित शिर्षकहरु

गणतन्त्र दिवस ३ दिन मनाइने, प्रधानमन्त्रीकाे अध्यक्षतामा मूल समाराेह समिति गठन

जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयमा छलफल गर्न सगरमाथा संवाद शुरू

‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा