भूक्षय रोक्नका लागि नवलपरासीमा बिरुवा बाँड्न शुरु

नवलपरासी, १३ असार : हरियाली प्रवर्द्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सर्वसाधारणलाई बिरुवा बाँड्न शुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित २८ प्रजातिका एक लाख ६० हजारभन्दा धेरै बिरुवा निःशुल्क वितरण गर्ने जनाएको छ ।

नर्सरीमा हुर्काइएका बिरुवा वृक्षा रोपण गर्न निःशुल्क वितरण थालिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो । उहाँले बाँस, तेजपात, हर्राे, बर्राे, धूपी, कपुर, शीतलचिनी, निम, रुख कटहर, अम्बा लगायतका बिरुवा वितरण गरिने जानकारी दिनुभयो । वन कार्यालयको नर्सरीबाट बिरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउने बढेका छन् ।

लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउने बढेका हुन् ।-रासस

संबन्धित शिर्षकहरु

काँग्रेस संसदीय दलको वैठकमा पार्टीको भूमिका र सरकारका पछिल्ला गतिविधिबारे छलफल

आजदेखि पाकेको धानबाली भित्र्याउन सकिने, अबको केही दिन वर्षाको सम्भावना न्यून

नेपाल शिक्षक सङ्गठन, भरतपुर महानगर समितिको अध्यक्षमा सुनिल सिटौला चयन