कोपा अमेरिका फुटबलमा पेरुलाई हराउँदै अर्जेन्टिना समूह विजेता

काठमाडौं, १६ असार : कोपा अमेरिका फुटबलको समूह ‘ए’ अन्तर्गतको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोलले हराएको छ । यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको साविक विजेता अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेको छ । आज बिहान हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लाउटारो मार्टिनेजले खेलको ४७ र ८६ औँ मिनेटमा दुई गोल गरे ।

अर्जेन्टिनाले तीन खेलमा नौ अङ्क जोडेको छ । यस्तै आजै बिहान भएको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेलेका छन् । इन्टर एण्डको स्टेडियममा भएको खेलमा कुनै पनि गोल नभएपछि खेल बराबरीमा टुङ्गिएको हो । यो समूहबाट तीन खेलमा चार अङ्क जोडेको क्यानडा पनि क्वार्टरफाइनलमा पुगेको छ । दुई अङ्क जोडेको चिली र एक अङ्क रहेको पेरु प्रतियोगिताबाट बाहिरीएका छन् ।

भोलि बिहान समूह ‘बी’ का मेक्सिको र इक्वेडर तथा जमैका र भेनेजुयला खेल्दैछन् । समूह ‘बी’ को भेनेजुएला, ‘सी’ को उरुग्वे र ‘डी’ को कोलम्बिया पनि एक खेल बाँकी छँदै क्वाटरफाइनलमा पुगिसकेका छन् । जुलाई ५ तारिखदेखि क्वाटरफाइनलका खेल शुरु हुनेछन् ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा