युरो कप फुटबल : आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्दै

काठमाडौं, १८ असार : युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र नेदरल्यान्डस्बीच खेल हुँदैछ । यस्तै राति पौने १ बजे अस्ट्रिया र टर्कीबीच खेल हुनेछ ।

आज बिहान भएको खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएर पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यस्तै गएराति भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलबाट विजयी भएको फ्रान्स क्वाटरफाइनलमा पुगेको छ । आजका खेलसँगै युरो कप २०२४ को अन्तिम १६ का खेल सकिने छन् ।

क्वाटरफाइनलका खेल जुलाई ६ देखि शुरु हुनेछ । क्वाटरफाइनलको पहिलो खेलमा पोर्चुगल र फ्रान्स खेल्नेछन् ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने