सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीलाई गृहजिल्ला चितवनमा भव्य स्वागत

चितवन, १८ असार :   नेपाल सुनचाँदी व्यवसायी महासंघको चौंथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष अर्जुन रसाईली सहित सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवन ज्योति विश्वकर्मा र केन्द्रीय सदस्य (महिला) ऋतु सेन्चुरीलाई  गृह जिल्ला चितवनमा भव्य स्वागत गरिएको छ । महाधिवेशन यहिँ असार १४ र १५ गते सम्पन्न भएको थियो।  सोमबार काठमाडौंमा अध्यक्ष रसाईलीले पदभार ग्रहण गरेसंगै गृह जिल्ला चितवनमा आउनु भएको थियो।

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च र तनहुँ चितवन विश्वकर्मा समाजको संयुक्त आयोजनामा विजय उत्सव र्याली गरिएको थियो। पञ्चेबाजा सहितको विजय उत्सव  र्याली बेलटाँडी हुँदै प्रगतिपथ- बालकुमारी चोक- मिलनरोड-सहिदचोक-लायन्सचोक हुँदै पुन: बेलटाँडी आएर सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष रसाईलीले प्रजातान्त्रिक पद्धतिमा हार जीत हुनु स्वभाविक रहेको बताएका छन्।  निर्वाचन प्रकृयामा पुगेपछि एक जनाको हार र एक जनाको जीत निश्चित नै भएको बताएका छन्। अध्यक्ष रसाईलीले सुनचाँदी व्यवसायीहरूको समस्या निराकरणका लागि सदैव आफू अग्रपंक्तिमा रहने बताएका छन्।

त्यस्तै कार्यक्रममा महासंघका सचिव टुलकप्रसाद विश्वकर्मा, प्रवक्ता जीवन ज्योति विश्वकर्मा, केन्द्रीय सदस्य (महिला) ऋतु सेन्चुरीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा तनहुँ चितवन विश्वकर्मा समाजका अध्यक्ष गोपाल बहादुर थापा वि.कले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमलाई धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका संस्थापक महासचिव अमिर रामदामले सहजीकरण गर्नु भएको थियो ।

धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च लालबहादुर विश्वकर्मा र तनहुँ चितवन विश्वकर्मा समाजका अध्यक्ष गोपाल बहादुर थापा वि.कको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी