जिशु पाउन देवले डेरा सर्ने, “मागी बिहे कि भागी बिहे” बोलको गित सार्वजनिक

चितवन, २० असार : मागी बिहे कि भागी बिहे बोलको गित सार्वजनिक भएको छ । सेन्ट्रल कलेजको सेन्ट्रल टावर नारायणगढमा आयोजित एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो ।

गीतमा नन्दु राई र लक्ष्मी स्याङ्ताङले स्वर दिएका छन् । गीतको कम्पोज नन्दु राई कै रहेको छ । रमेश सेन्चुरीको संगीत संयोजन रहेको गीतमा सरोज श्रेष्ठको निर्देशन रहेको छ भने भिडियोमा देव आर एन, जिशु कोइराला, विजय कृष्ण श्रेष्ठ, सरोज श्रेष्ठ र भक्त बहादुर लगायतको अभिनय रहेको छ ।

राहुल रसाईलीको परिकल्पना रहेको गीतमा सन्तोष परियारको सिनेमाटोग्राफी एवं सन्देश दियालको सम्पादन रहेको छ । कार्यक्रमा बोल्दै मोडल देवले पहिलो पटक लोक पप जनराको गीतमा काम गर्दै नृत्यको प्रयास गरेको बताए । उक्त गीत देव आरएन अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

भिडियो :

संबन्धित शिर्षकहरु

देशका विभिन्न ठाउँमा झरी

विश्वकै सफल लगानीकर्ता बफेटले बर्कशायर हैथवेको सीईओ पदबाट राजीनामा दिने

आईपीएल क्रिकेटमा आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै