इंग्ल्याण्ड युरोपियन फुटबलको फाइनलमा

काठमाडौं, २७ असार : नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । जर्मनीको डर्टमण्डमा गएराति भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई २–१ ले हरायो ।

खेलको सातौं मिनेटमा नेदरल्याण्ड्सका जाभि सिमोन्सले पहिलो गोल गरे । अठारौं मिनेटमा इंग्ल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत एक गोल गरेपछि खेल एक एक गोलको बराबरीमा पुग्यो ।

इन्जुरी समयमा सब्स्टीच्युट खेलाडी ओलि वाट्किन्सले निर्णायक गोल गरेपछि इंग्ल्याण्ड फाइनलमा पुगेको हो । आइतवार राती बर्लिनमा हुने फाइनलमा अब इंग्ल्याण्डको भिडन्त स्पेनसँग हुनेछ । सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने