युरो कप फुटबलको उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

काठमाडौं, ३० असार : युरो कप फुटबल सन् २०२४ को उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दैछन् । फाइनल खेल जर्मनीको बर्लिनमा रहेको ओलम्पिक रङ्गशालामा नेपाली समय अनुसार आज राति पौने एक बजे शुरु हुनेछ ।

पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन र दोस्रो सेमिफाइनलमा नेदरल्यान्डस्लाई २–१ गोलले नै हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्नेछन् । स्पेनले अहिलेसम्म तीन पटक उपाधि जितेको छ । यसपटक जितेमा उसले सर्वाधिक चार पटक उपाधि जित्नेछ ।

त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको इङ्ल्यान्ड अघिल्लो संस्करणमा इटालीसँग फाइनलमा पराजित भएको थियो । इङ्ल्यान्डका ह्यारी केनका लागि पनि व्यक्तिगत रूपमा आजको फाइनल खेल महत्वपूर्ण उपाधिको अवसरका रूपमा रहेको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने