इंग्ल्याण्डलाई हराउँदै स्पेन च्याम्पियन

काठमाडौं, ३१ असार : इंग्ल्याण्डलाई हराउँदै स्पेनले किर्तीमानी चौथो पटक युरोपियन फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । जर्मनीको बर्लिनमा गएराति भएको फाइनल खेलमा स्पेन २–१ ले विजयी भएको हो ।

खेलको ४७ औं मिनेटमा निको विलियम्सले गोल गर्दै स्पेनलाई अग्रता दिए । ७३ औं मिनेटमा इंग्ल्याण्डका कोल पाल्मरले बराबरी गोल गरे । ८६ औं मिनेटमा मिकेल ओयरजबालले एक गोल थपेपछि स्पेन २–१ ले विजयी भयो । स्पेनले युरोपियन फुटबलको उपाधि जितेको यो चौथो पटक हो । यसअघि उसले सन् १९६४, २००८ र २०१२ मा युरोपियन फुटबल जितेको थियो ।

यसपटक पनि पराजित भएको इंग्ल्याण्डको भने ५८ वर्षपछि कुनैपनि मेजर फुटबलको उपाधि जित्ने सपना टुटेको छ । सन् १९६६ को विश्वकप फुटबल जितेको इंग्ल्याण्डले त्यसयता कुनैपनि उपाधि उचालेको छैन । युरोपियन फुटबलको अघिल्लो संस्करणको फाइनलमा इंग्ल्यण्डालाई इटालीले पेनाल्टी सुटआउटमा हराएको थियो ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने