जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जित्यो

काठमाडौं, ३१ असार : जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जितेको छ । अन्तिम खेलमा हिजो भारतले जिम्बावेलाई ४२ रनले हराउँदै शृङ्खला ४–१ ले जितेको हो । भारतले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ ओभर तीन बलमा एक सय २५ रन मात्र बनाउन सक्यो । जिम्बावेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए ।

भारतका लागि मुकेश कुमारले चार विकेट लिए । त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । भारतका लागि सञ्जु स्यामसनले सर्वाधिक ५८ रन बनाए । जिम्बावेका लागि ब्लेसिङ मुजराबानीले दुई विकेट लिए । भारतले शृङ्खलाको पहिलो खेलमा हार बेहोरेर त्यसपछिका सबै खेल जितेको छ । भारतको आउँदो शृङ्खला जुलाई अन्तिममा श्रीलंकामा हुनेछ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने