राफेल नाडाल यूएस ओपनका लागि प्रवेश सूचीमा

काठमाडौं, २ साउन : चार पटकका च्याम्पियन राफेल नाडाल यूएस ओपनका लागि प्रवेश सूचीमा परेका छन् । हिजो सार्वजनिक गरिएको मुख्य ड्र मा ३८ वर्षीय स्पेनी खेलाडी नाडालले अगस्ट २६ तारिखदेखि शुरु हुने प्रतियोगितामा कोर्ट उत्रने गरी नवौँ वरियता प्राप्त गरेका छन् ।

२२ पटकको ग्रान्डस्लाम विजेता नाडालले नर्डिया ओपनमा लियो बोर्गलाई ६–३, ६–४ को सेटमा पराजित गर्दै मे २७ तारिखपछि पहिलो एकल खेल खेलेका हुन् । सन् २०१९ मा न्युयोर्कको हार्डकोर्टमा चौथो पटक उपाधि जितेपछि नाडालले सन् २०२२ मा एक पटक मात्र यूएस ओपन खेलेका छन् ।

उनी १४ खेलाडीमध्ये एक थिए, जसले संरक्षित वरीयताका साथ मुख्य ड्र मा स्थान बनाएका थिए । नाडालले सन् २०१०, २०१३, २०१७ र २०१९ मा यूएस ओपनको उपाधि जितेका थिए ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने