इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि शुरु हुँदै

काठमाडौं, ३ साउन : इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि शुरु हुँदैछ । यो खेल अहिले दिउँसो पौने ४ बजेदेखि नोटङ्घमको ट्रेन्ट ब्रिजमा शुरु हुनेछ । इङ्गल्यान्डका स्टार बलर जेम्स एन्डरसनले सन्न्यास लिएसँगै यो खेलमा मार्क वूडलाई प्लेइङ इलेभनमा राखिएको छ । यसअघि भएको पहिलो टेस्टमा घरेलु टोली इङ्गल्यान्ड एक पारी र एक सय १४ रनले विजयी भएको थियो ।

दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३६ रनमा अलआउट भएपछि इङ्गल्यान्डले तेस्रो दिन नै खेल जितेकाे थियाे । प्लेइङ इलेभनमा जेम्स एन्डरसन वा स्टुअर्ट ब्रोड विनाको सन् २०१२ पछि इङ्गल्यान्डको यो पहिलो घरेलु टेस्ट हुनेछ । पछिल्लो पटक इङ्गल्यान्डले स्टुअर्ट ब्रोड विना नटिङ्घममा सन् २००६ मा खेलेको थियो । इङ्गल्यान्डले ट्रेन्ट ब्रिजमा वेस्ट इन्डिजलाई सन् २०१२ मा एक पटक मात्र हराएको छ ।

यस्तै वेस्ट इन्डिजले यहाँ चार टेस्ट जितेको छ भने चार टेस्ट बराबरीमा टुङ्गिएको छ । वेस्ट इन्डिजले पछिल्लो पटक सन् १९९१ मा जितेको थियो । इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको अन्तिम टेस्ट आउँदो जुलाई २६ देखि बर्मिङ्घमको एजबस्टनमा शुरु हुनेछ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने