२० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौं, ४ साउन : २० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलङ्कासँग ३–१ को सेटमा हारेको हो ।

यसअघि हिजो शुरु भएको प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो । अङ्क तालिकामा कीर्गिस्तान र श्रीलङ्काको ३–३ अङ्क भएको छ । नेपाल र माल्दिभ्सले खाता खोलेका छैनन् । नेपालले आज दोस्रो खेलमा कीर्गिस्तानसँग खेल्दैछ ।

भोलि अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्नेछ । सेमिफाइनलमा अङ्क तालिकाको पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो टोली खेल्नेछन् । प्रतियोगिताको फाईनल खेल ८ गते मङ्गलवार हुनेछ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने