काठमाडौं, ४ साउन : भारतीय क्रिकेट बोर्डले श्रीलङकासँग हुने टी–२० र एकदिवसीय श्रृङ्खलाका लागि टिमको घोषणा गरेको छ । बोर्डले टी–२० श्रृङ्खलाका लागि सूर्यकुमार यादवको कप्तानीमा १५ सदस्यीय र एकदिवसीय श्रृङ्खलाका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टी– २० खेल नखेल्ने घोषणा गरेपछि सूर्यकुमारलाई कप्तान र शुभमन गिललाई उपकप्तान बनाइएको छ । टी–२० टिममा सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जैसवाल, रिंकु सिंह, रियान पराग, ऋषव पन्त, सन्जु सामसन, हार्दिक पाण्डेय, शिभम दुवे, अक्सर पटेल, वाशिंटन सुन्दर, रवि विश्नोई, अर्शदीप सिंह, खलिल अहमद र मोहमद सिराज रहेका छन् ।
त्यस्तै एकदिवसीय टिममा रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, केएल राहुल, ऋषव पन्त, श्रेयस अय्यर, शिभम दुवे, कुलदीप यादव, मोहमद सिराज, वाशिंटन सुन्दर, अर्शदीप सिंह, रियान पराग, अक्सर पटेल, खलिल अहमद र हर्षित राना रहेका छन् । भारतले श्रीलङ्कासँग श्रीलङ्कामा २७ जुलाई देखि टी–२० श्रृङ्खला र २ अगस्ट देखि एक दिवसीय श्रृङ्खलाका खेल्ने छ ।





