चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

फाइल फाेटाे

चितवन, २० साउन :  चितवनमा बाघले आक्रमण गरेर एक जनालाई घाइते बनाएको छ । बिहान घुमफिरमा गएको बेला भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

मुख र हातमा चोट भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । -रासस

संबन्धित शिर्षकहरु

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

गण्डकीदेखि पूर्वका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा

इरानी प्रतिनिधिलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने