क्रिस्टियानो रोनाल्डोको गोलमा अल नासर साउदी सुपर कपको फाइनलमा

काठमाडौं, ३१ साउन : अल ताओनलाई हराउँदै अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ । साउदीको प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा गएराति भएको सेमिफाइनलमा अल ताओनलाई २–० गोलले हराउँदै अल नासर फाइनलमा पुगेको हो ।

अल नासरका लागि खेलको ८ औं मिनेटमा एहन अहमद र खेलको ५७ औँ मिनेटमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले गोल गरे । यो गोलसँगै रोनाल्डो लगातार २३ सिजनमा कम्तीमा एक गोल गर्ने पहिलो खेलाडी बनेका छन् । अल नासरका मार्सेलो ब्रोजोभिच खेलको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

अब अल नासरले उपाधिका लागि फाइनलमा अल हिलालसँग खेल्नेछ । अल हिलालले अल एहेलीलाई ट्राइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनलमा पुगेको थियो । फाइनल खेल पर्सि शनिवार हुनेछ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ