२० वर्ष मुनीको साफ च्याम्पियनशिपको सेमिफाइनलमा भाेलि नेपाल र भुटान खेल्दै

काठमाडौं, ८ भदौ : २० वर्ष मुनीको साफ च्याम्पियनशिप अन्तर्गत पहिलो सेमिफाइनलमा भाेलि नेपाल र भुटान खेल्दैछन् । खेल दिउँसो ३ बजेदेखि एन्फा कम्प्लेस सातदोबाटोमा शुरु हुने छ । नेपाल समूह ‘ए’ विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यस्तै, दोस्रो सेमिफाइनलमा साेमवार भारत र बङ्गलादेश खेल्नेछन् । लगातार वर्षाको कारण दशरथ रङ्गशालाको मैदान हिलो हुँदा सेमिफाइनल खेल पनि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समै हुने भएको हो ।

यसअघि अखिल नेपाल फुटवल सङ्घ (एन्फा) ले सेमिफाइनलका खेलहरु दशरथ रङ्गशालामा हुने बताएको थियो । तर साफले पठाएको म्याच कमिस्नरले त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको मैदान अझै खेलाउन योग्य नदेखिएको रिपोर्ट दिएपछि खेल स्थान सारिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । फाइनल खेल बुधवार दशरथ रङ्गशालामा हुनेछ ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ