भारतीय क्रिकेटर शिखर धवनद्वारा सन्न्यास घोषणा

काठमाडौं, ८ भदौ : भारतीय क्रिकेटर शिखर धवनले घरेलुसहित अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा भारतका लागि लामो समय खेलेको भन्दै खुशीसाथ छाड्न लागेको उल्लेख गरेका छन् । धवनले अन्तिम पटक सन् २०२२ मा भारतको लागि एक दिवसीय खेल खेलेका थिए ।

शुभमन गिल र अरु युवा खेलाडीले राम्रो प्रदर्शन गर्न थालेपछि धवन टिममा पर्न छाडेका थिए । उनले ३४ वटा टेस्ट र एक सय ६७ वटा एक दिवसीय र ६८ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका छन् । एक दिवसीयमा ६ हजार सात सय ९३ रन र टेस्ट प्रतियोगिताको ५८ पारिमा दुई हजार तीन सय १५ रन बनाएका धवनले टेस्ट डेब्युमा सबैभन्दा कम बलमा शतक बनाउँने कीर्तिमान समेत राखेका छन् ।

उनले मोहालीमा अस्ट्रेलियाविरुद्धको खेलमा डेब्यु गर्दै ८५ बलमा शतक बनाएका थिए । उनी एक दिवसीय क्रिकेटमा पाँच हजार भन्दा बढी रन बनाउने आठ जना ब्याटर मध्ये एक हुन् ।

संबन्धित शिर्षकहरु

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने

सिरहामा हवाई फायर गरेर दुई भारतीय नागरिक पक्राउ