तोलामा एक सय रुपैयाँले बढेर सुनको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं, १३ भदौ : सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा एक लाख ५३ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि हिजो तोलाको एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड बनाएको थियो । आज फेरि सुनको भाउले अर्को रेकर्ड बनाएको हो । त्यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ ।

हिजोे तोलाको एक हजार आठ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा २० रुपैयाँले घटेर एक हजार आठ सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

संबन्धित शिर्षकहरु

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीमा भने गिरावट

आउँदो १५ गतेदेखि नागढुंगा सुरुङमा चल्ने गाडीले शुल्क तिर्नुपर्ने

आजदेखि पर्सिसम्म वर्षा र हिमपात, भारतमा जस्तो हावाहुरी नचल्ने