चितवन, १३ भदौ : चितवनमा एम एफ टि भेट्रान फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ । यही भाद्र २२ गते शनिबार बाह्रघरे स्थित क्यासी फुटसल परिसरमा भेट्रान नकआउट फुटसल टुर्नामेन्ट हुने आयोजक कमिटि सदस्य दिपक पन्तले बताए ।
खेल २२ गते बिहानबाट फुटसल कार्यक्रमको उद्घाटन भई खेल सुरु हुनेछ । एम एफ टि मर्निङ्ग फुटसलमा ३४ वर्ष भन्दा माथिको भेट्रान फुटसल प्रतियोगिता हुनेछ । प्रतियोगितामा १६ ओटा समुहले सहभागिता जनाएका छन् । खेलमा बिजेता र उपबिजेता टिमलाई नगद पुरस्कार, मेडल, टफ्रि र प्रमाणपत्र वितरण गरिनेछ । सर्बाधिक गोलकर्ता, उत्कृस्ट गोल रक्षक, सर्बोत्कृस्ट खेलाडीलाइ सम्मानका साथ मेडल तथा जनही रु २००० नगद प्रदान गरिनेछ । प्रतियोगिता चितवनको बाह्रघरे स्थित क्यासी फुटसल परिसरमा हुनेछ ।

फुटसलले युवामा विभिन्न प्रकारका प्रेरणा र सकारात्मक प्रभावहरू प्रदान गर्न सक्ने हेतुले आयोजना गरेको पन्तले बताए । उक्त खेलमा प्रवेश शुल्क चार हजार तोकिएको छ भने, विजेता टिमलाई रु चालिस हजार, त्यस्तै उपबिजेता टिमलाई रु बीस हजारका साथै मेडल, टफ्रि र प्रमाणपत्र दिईनेछ। यो खेल केवल शारीरिक फिटनेस र खेलकुदको दक्षता मात्र नभई व्यक्तित्व विकास र जीवन कौशलहरूको पनि विकासमा योगदान पुर्याउने आयोजकको भनाई छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा मर्निंग फुटसल टिम रहेको छ भने खेलमा सह प्रायोजकका रुपमा शक्ति प्यानल र चितवन व्हीलर्स रहेका छन् त्यस्तै मेडिकल पार्टनरका रुपमा मेड प्लस स्पोर्ट्स क्लिनिक रहनेछ। यस प्रतियोगीताको प्रायोजकहरुमा मेरो किनमेल, भज्जु चुल्हो, प्रीमीयर अटो ट्रेडर्स, र अन्य धेरै उद्योग तथा व्यवसायहरु रहेका छन्।





